• Wednesday 7th of October 2026

पति र छोरीलाई स्तब्ध पार्दै पहिला ‘हुनेवाला ज्वाइँ’सँग भागेकी महिला अहिले अर्को ज्वाइँसँग फरार


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । करिब एक वर्षअघि पति र छोरीलाई स्तब्ध तुल्याउँदै आफ्नै ‘हुनेवाला ज्वाइँ’सँग भागेकी एक महिला अहिले अर्को एक ज्वाइँसँग फरार भएको घटनाले चर्चा पाएको छ ।

अप्रिल २०२५ मा भारतको उत्तर प्रदेश राज्यको अलीगढ निवासी सपना देवीले पति र छोरीलाई धोका दिएकी थिइन् । छोरीको विवाहका लागि टुङ्गो लगाएको केटा (हुनेवाला ज्वाइँ)सँग अचानक फरार भएर सपनाले बिहे गरेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार राहुल नाम गरेका युवकसँग सपनाको छोरीको बिहे हुने तय भइसकेको थियो । विवाहको तयारी भइरहँदा राहुल र सपना फरार भएका थिए । परिवारको उजुरीका आधारमा खोजी गर्दै जाँदा उनीहरूलाई प्रहरीले फेला पारे पनि दुवैले बिहे गरेर सँगै बस्ने बताएपछि परिवारले सपनालाई त्यागेको थियो ।

अहिले सपनाले दोस्रो पति राहुललाई समेत छाडेर आफ्नै बहिनीको पति (बहिनी ज्वाइँ) रोजेको बताइएको छ । यसबारे राहुलले प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

आफूले कपडाको कारोबार गर्दै आएको र त्यसबाट कमाएको करिब दुई लाख रुपैयाँ लिएर सपना अहिले उनकै बहिनी ज्वाइँसँग फरार भएको राहुलको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖