• Wednesday 7th of October 2026

स्कूल बस दुर्घटनामा २३ विद्यार्थी घाइते


  • धनकुटा खबर
  • .

ढोरपाटन (बागलुङ) । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।

बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖