• Wednesday 7th of October 2026

बसको ढोकाबाट खसेर एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्ट गम्भीर घाइते भएका थिए।बिहीबार साँझ करिब पौने ५ बजे दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा उक्त घटना भएको हो।

घाइते भट्टलाई तत्कालै जिल्ला अस्पताल बैतडी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। टाउकोमा गम्भीर चोट लाग्नु र कानबाट अत्यधिक रक्तस्राव हुनु मृत्युको कारण हुन सक्ने अस्पतालले जनाएको छ।

प्रहरीले बस र चालक दशरथ महरालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖