तामाकोसी दुर्घटनामा ज्यान गुमाएका बस धनी दीपेश बस्नेत र दिपेन्द्र बस्नेतको शव दाहसंस्कार गरिएको छ।
दुई गाउँका यी दुई युवा एकैपटक चितामा समर्पित हुनुपर्ने घटनाले विजुलीकोट र कोटगाउँबासीलाई गहिरो शोकमा डुबाएको छ।
मंगलबार काठमाडौँबाट मन्थली हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस मन्थली नगरपालिका–६, भलुवाजोरस्थित त्रिवेणी मन्दिर नजिकै दुर्घटनामा परेको थियो। यस दुर्घटनामा बस्नेतसहित १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
केही यात्रु अझै बेपत्ता रहेका छन्।घाइतेहरू काठमाडौँ र धुलिखेलका विभिन्न अस्पतालमा उपचाररत छन्। सामान्य घाइते भएका बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
एकै घटनाले केवल दुई परिवार होइन, सिंगो गाउँलाई पनि शोकाकुल बनाएको छ।
