धनगढी । दार्चुलाकाे शैल्यशिखर नगरपालिका-८ देबलमा ७१ वर्षीया लक्ष्मी जाेशीकाे हत्या घटनामा प्रहरीले सफलता हात पारेकाे छ ।
साेमबार राति घरमै मृत फेला परेकी जाेशीकाे हत्या गरेर गरगहना लुटपाट गरेकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका-८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गाेपाल नाथ रहेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले जानकारी दिए ।
उनकाअनुसार पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनकाे सहयाेगीका रूपमा काम गर्थे ।
