• Wednesday 7th of October 2026

इलाम माईजोगमाई–३ का वडाध्यक्ष घिमिरे एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

इलाम, फागुन ५ । इलामको माईजोगमाई गाउँपालिका–३ बाट निर्वाचित वडाध्यक्ष राम घिमिरे नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ।

दमकमा आयोजित एक कार्यक्रमबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

कार्यक्रममा अध्यक्ष ओलीले घिमिरेको सक्रियता तथा स्थानीय तहमा उहाँले गरेको कार्यको प्रशंसा गर्दै एमालेमा उहाँको भूमिकाले संगठन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा ८ सय ६५ मत प्राप्त गर्दै माईजोगमाई गाउँपालिका–३ का वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।

उहाँको एमाले प्रवेशसँगै माईजोगमाई गाउँपालिकाको राजनीतिक समीकरणमा समेत प्रभाव पर्ने चर्चा गरिएको छ। कार्यक्रममा एमालेका जिल्ला तथा क्षेत्रीय नेताहरूको समेत उपस्थिति रहेको थियो।-जनता टाइम्स

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖