काठमाडौँ । प्रहरीले काठमाडौँको बानेश्वरबाट होस्टल सञ्चालिकालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ घर भएकी ४५ वर्षीया मायाकुमारी देवी मिश्र छिन् ।
बानेश्वरको कात्यानी चोकस्थित उनले सञ्चालन गरेको न्यू कस्यप ब्वाईज होस्टलबाट प्रहरीले ०.१३ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
केहिदिन अघि प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले छापा मार्दा होस्टलको काउन्टरमा खैरो हेरोइन भेटिएको थियो ।
