दाङ । दाङको तुलसीपुरमा अज्ञात समूहले सिलिन्डर बम बिष्फोट गराएको छ। तुलसीपुर उपमहानगरपालिका ६ र वडा न ८ को सीमाक्षेत्र पातुखोलामा बिस्फोट भएको प्रहरीले जनाएको छ।
तुलसीपुर अटोभिलेजदेखि तलतिर गाइपालन फर्मदेखि पश्चिमतर्फ पातुखोलामा अज्ञात समूहले सिलिन्डर विष्फोट भएको दाङ प्रहरीले जनाएको छ।
घटनास्थलमा सिलिन्डरका टुक्राहरु फेला परेका छन्। प्रहरी घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले तुलसीपुरका प्रवक्ता बिनोदराज खत्रीले बताए।
बम विष्फोट भएपछि स्थानीय त्रसित बनेका छन्।
