• Wednesday 7th of October 2026

हतियार देखाएर मोटरसाइकल लुट्ने दुई युवा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको सानो भर्‍याङ क्षेत्रमा धारिलो हतियार देखाएर मोटरसाइकल लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

फागुन ३ गते राति करिब ११ बजे नागार्जुन नगरपालिका–२ स्थित आर्मी मेडिकल कलेज नजिकैको सडकबाट बागमती प्रदेश ०२–०२६ प ५३१० नम्बरको मोटरसाइकल लुटिएको थियो ।

पैदल आएका दुई व्यक्तिले मोटरसाइकल चालकलाई धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिएर उक्त सवारी साधन लिएर फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा लुटिएको मोटरसाइकलसहित दुवै जनालाई नागार्जुन–२ तीनघरे क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रामेछाप घर भई ठुलो भर्‍याङ बस्ने १९ वर्षीय अनिस सोनाम र रसुवा धुन्चे घर भई सानो भर्‍याङ बस्ने १८ वर्षीय राजन तामाङ रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई डाँका चोरी मुद्दामा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖