काठमाडौ । महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उक्त व्यक्तिको पहिचान गर्न सर्वसाधारणसँग सहयोग मागेको हो। प्रहरीको आधिकारिक फेसबुक पेजमार्फत सूचना तथा ती व्यक्तिको तस्बिर सार्वजनिक गर्दै पहिचान गरी जानकारी गराइदिन अनुरोध गरिएको छ।
प्रहरीका अनुसार शिवरात्रीको भीड व्यवस्थापनका क्रममा ती व्यक्तिले ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
