• Wednesday 7th of October 2026

पशुपतिमा प्रहरीलाई आक्रमण गरेको आरोपमा एक जना युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आक्रमण गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भएर काठमाडौँ–१३ चाँगल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् ।

पशुपतिनाथ मन्दिर परिसरको बारमा बसेर उनले प्रहरी जवानलाई लात्ताले प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि प्रहरीले आरोपीको खोजी गरेको थियो ।

श्रेष्ठलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।

श्रेष्ठले लात्ताले प्रहार गरेपछि प्रहरीले पनि उनलाई लाठीले कुटेर बारबाट हटाएको भिडियोमा देखिन्छ । मंगलबार प्रहरीले सूचना प्रकाशन गरेर युवक पहिचानका लागी नागरिकसँग सहयोग मागेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖