• Wednesday 7th of October 2026

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली बजारमा केही दिनयता ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ।

बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोलामा ४ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। बुधबार सुनको मूल्य ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य ४ हजार ८८० रुपैयाँ थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖