• Wednesday 7th of October 2026

रवि र बालेनले नजिते आजीवन बिहे नगर्ने घोषणा


  • धनकुटा खबर
  • .

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुर्खेतमा चुनावी सभा आयोजना गरेको छ।

बिहीबार सुर्खेतको घण्टाघर चोकमा ‘हामी आउँदै छौं’ भन्ने नारासहित आयोजित सभामा बालेन शाह र रवि लामिछाने सहभागी भएका छन्।

सभामा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति रहेको छ, जसमा बालेन शाह र रवि लामिछानेको क्रेज देखिएको छ।

अछाम विनायकका एक समर्थक दमन शाहीले ‘बालेन र रवि जितेनन् भने बिहे नै गर्दिनँ’ भन्ने प्लेकार्ड बोकेर चुनावी सभामा सहभागिता जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖