• Wednesday 7th of October 2026

कांग्रेस र रास्वपा कार्यकर्ताबीच सुनसरी-४ मा झडप, प्रहरीले गर्‍यो लाठीचार्ज


  • धनकुटा खबर
  • .

सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउपालिका ४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रहरीद्धारा लाठीचार्ज भएको छ ।

सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहाको चुनावी कार्यक्रममा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका थिए ।

बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवाहरूसँग जम्काभेटपछि विवाद बढेर हात हालाहाल भएको थियो ।

परिस्थिति असामान्य हुन लागेपछि प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरवितर बनाउन लाठीजार्च गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖