• Thursday 26th of November 2026

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने १९ वर्षीय युवकले यस्तो गरेपछि…


  • धनकुटा खबर
  • .

पाल्पा । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले माथागढी गाउँपालिका– ७ बस्ने १९ वर्षीय रेमबहादुर ठाडालाई शनिबार दिउँसो पक्राउ गरेको हाे ।

ठाडाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भनी दिएको जाहेरीमा करणी प्रमाणित हुने स्वास्थ्य परीक्षण रिपोर्ट पनि उल्लेख छ ।

ठाडालाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖