• Wednesday 7th of October 2026

प्लास्टिकमा फालिएको अवस्थामा नवजात शिशु फेला


  • धनकुटा खबर
  • .

धादिङको गजुरी–५ स्थित जंगलमा आइतबार बिहान प्लास्टिकमा प्याक गरी फालिएको अवस्थामा एक नवजात शिशु फेला परेको छ।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय गजुरीको टोलीले शिशुको सकुशल उद्धार गरी उपचारका लागि अस्पताल लगेको जनाएको छ।

एक दिनअघि जन्मिएको जस्तो देखिने शिशु छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖