• Wednesday 7th of October 2026

एउटै दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु


  • धनकुटा खबर
  • .

धादिङमा भएको बस दुर्घटनाले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटार मालेबगर शोकमग्न बनेको छ।

६० वर्षीय रुद्रप्रसाद ढकाल र उनकी ५५ वर्षीया श्रीमती विष्णुमाया ढकालको एउटै दुर्घटनामा कारुणिक निधन भएको छ।

तीन महिनादेखि काठमाडौंमा नाति हेर्दै बसेकी विष्णुमाया भान्जीको विवाहमा सहभागी हुन फागुन ८ गते घर आएकी थिइन्।

काठमाडौं फर्किने बेला श्रीमती एक्लै नपरोस् भनेर रुद्रप्रसादले आफैं पुर्‍याउने निर्णय गरेका थिए। एक वर्षीय नातिलाई भेटेर सोही दिन बेलुका घर फर्किने योजना थियो। तर त्यो योजना कहिल्यै पूरा हुन सकेन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖