• Tuesday 6th of October 2026

मानसिक रोग सम्बन्धी औषधि सेवन गरिरहेका एक नेपाली पुरुषले गरे श्रीमती र छोरीको हत्या, ज्वाई गम्भीर घाईते


  • धनकुटा खबर
  • .

फेब्रुअरी २४ सोमबार बिहान भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोरीको वि’भ’_त्स ह’*_”त्या” गरेका छन्।

उदयपुर घर भई हालै अमेरिका बसाइ सरेका ५० वर्षीय छत्रबहादुर थापाले १० इन्च लामो धारिलो ह;ति_यार (दाउ) प्रहार गरी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको ह’*_”त्या” गरेका हुन्।

घटनालगत्तै पुगेको प्रहरीले ह;ति_यार फाल्न दिएको निर्देशन पालना नगरेपछि प्रहरीको गोली लागी आरोपी छत्रबहादुरको पनि मृ’_त्यु भएको छ। आक्रमणमा ममताका श्रीमान् ३५ वर्षीय सन्तोषकुमार बस्नेत गम्भीर घाइते भएका छन् र उनको हाल उपचार भइरहेको छ। घटनामा उनीहरूको एक वर्षीय छोरा भने सकुशल फेला परेका छन्, जसलाई हाल बाल संरक्षण केन्द्रमा राखिएको छ।

उदयपुर जिल्ला, बेलका नगरपालिका वडा नम्बर ७, रामपुरका स्थायी बासिन्दा छत्रबहादुर लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए। पारिवारिक स्रोतका अनुसार उनले विगत लामो समयदेखि नियमित रूपमा मानसिक रोग सम्बन्धी औषधि सेवन गरिरहेको बुझिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖