• Wednesday 7th of October 2026

रास्वपा नेताको छोरा ठगी आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

झापा । झापा प्रहरीले ठगी आरोपमा बलराम कार्कीका २४ वर्षीय छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ।

बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता कार्कीका छोरा विभुतजंगलाई मेचीनगरस्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अर्जुनधारा–११ का ४७ वर्षीय युवराज गिरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगी मुद्दा दर्ता गराएका थिए। जाहेरीअनुसार, अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग विवाह गराइदिने भन्दै कलेज खर्चका नाममा ३ लाख १५ हजार रुपैयाँ मागिएको थियो।

प्रहरी अनुसन्धानबाट किशोरीको नाममा पटक–पटक रकम मगाई उक्त पैसा विभुतजंगले नै प्रयोग गरेको खुलेको छ। गत मंसिरमै मुद्दा दर्ता भए पनि पक्राउपुर्जी जारी भएको करिब तीन महिनापछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Neelo Pati

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖