• Tuesday 6th of October 2026

पशुपति क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति बस्तलेश्वर मन्दिर नजिक सरस्वती पाटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत भेटिने व्यक्ति ललितपुरको महालक्ष्मी नगरपालिका–२ घर भएका ६२ वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनी मंगलबार उक्त स्थानमा मृत अवस्थामा भेटिएका हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖