• Tuesday 6th of October 2026

रास्वपा र एमालेका कार्यकर्ताबिच झडप, २ जना घाइते


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा २ जना घाइते भएका छन् ।

चुनाव प्रचार प्रसारको लागि घरदैलो गर्ने क्रममा जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा झडप भएको हो ।

झडपमा एमालेका २ जना कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ । झडपमा परेर डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते भएका छन् ।

उनीहरूको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖