• Tuesday 6th of October 2026

यी स्थानिय तहमा शुक्रबार सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौ । स्याङ्जाका ६ स्थानीय सरकारले मगर दिवसको अवसरमा फागुन १५ गते शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका वालिङ, पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी र विरुवा गाउँपालिकाले मगर दिवसको अवसरमा शुक्रबार फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।

११ वटा स्थानीय तह रहेको स्याङ्जामा ६ वटा स्थानीय सरकारले ४४औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा–छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिएको जनाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖