• Tuesday 6th of October 2026

२० वर्षीय युवकको घाँटी रेटेर हत्या


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

धनुषाको औरही गाउँपालिका वडा नं ६ स्थित खेतमा दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटेर हत्या गरेको अवस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक हंसपुर नगरपालिका-९ रुदौलीका २० वर्षीय सुमित मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए ।

बिहीबार अपराह्न ४ बजेतिर घटनाबारे प्रहरीले जानकारी पाएको थियो । परिवारजनका अनुसार बुधबार साँझ सुनिल मोटरसाइकल लिएर घरबाट निस्केका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖