• Tuesday 6th of October 2026

घट्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ ।

बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको छ ।

बिहीबार प्रतितोला सुन रु तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७२५ निर्धारण भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖