• Tuesday 6th of October 2026

काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ ।

नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगेको अवस्थामा भेटिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ ।

प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖