• Tuesday 6th of October 2026

पोखरा र सुर्खेतमा शंकास्पद वस्तु फेला


  • धनकुटा खबर
  • .

पोखरा । पोखरामा शंकास्पद वस्तु भेटिएको छ । पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा शंकास्पद वस्तु भेटिएको हो ।

एक अपरिचित व्यक्तिले कपडा सिलाउने पसलमा केहीबेर राखिदिन आग्रह गरेर गएको केहीबेरपछि झोलाबाट गन्ध आएपछि सुरक्षा निकाय पुगेको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली पुग्दैछ । प्रहरी, सशस्त्र र आर्मी सहितको टोली फिल्डमा छ ।

सुर्खेत । सुर्खेतको छिन्चुदेखि जाजरकोट जोड्ने सडक अन्तर्गत भेरीगंगा नगरपालिका—११ को राताचौर नजिकै शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान प्रेसर कुकरसहित रातो प्लाष्टिकले बेरेको शंकास्पद वस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, त्यहाँ अहिले नेपाली सेना पुगिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖