सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित नेपाल–भारत सीमानजिकैको पोखरीमा बुधबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, मृतक महिला औरही–५ निवासी करिब २२ वर्षीया खुश्बु यादव रहेको पुष्टि भएको छ ।
प्रहरीका अनुसार औरही–५ की चन्द्रकला यादवले पोखरीमा भेटिएको शव आफ्नी बुहारी खुश्वु यादवको रहेको सनाखत गरेकी हुन् । मृतकका श्रीमान् सरोजकुमार यादव हाल वैदेशिक रोजगारीमा रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार, खुश्बु मंगलबार दिउँसो ‘घाँस काट्न जान्छु’ भन्दै बोरा र हँसिया लिएर घरबाट निस्किएकी थिइन् । तर केही समयपछि उनी घर नफर्किएपछि खोजीका क्रममा बुधबार बिहान पोखरीमा घोप्टो परेर तैरिरहेको अवस्थामा शव भेटिएको थियो ।
