• Tuesday 6th of October 2026

पत्नीको सुराकी गरिरहेका पुरुष जब प्रहरीलाई लिएर होटलमा पुगे…


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको अलीगढमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । एक पुरुषले आफ्नी पत्नीको सुराकी गर्दै होटलसम्म पुगेर पत्नी र उनका प्रेमीको भण्डाफोर गरिदिएका छन् ।

अलीगढको बुलन्दशहर, गुलावटी क्षेत्र निवासी आकाश कुमार र अलीगढकै चन्दनिया निवासी महिलाको करिब साढे तीन वर्ष अघि प्रेम विवाह भएको थियो । पछिल्लो समय यी दुई जोडीको सम्बन्धमा फाटो आएको थियो ।

आकाशलाई पत्नीमाथि शंका लागेपछि सुराकी गर्न थालेका थिए । सोही क्रममा एक दिन पत्नीको पिछा गरेका आकाशले एक युवकका साथ आफ्नी पत्नी एउटा होटलमा प्रवेश गरेको देखेका थिए ।

आकाशले तत्काल प्रहरीलाई खबर गर्दै मद्दत मागेका थिए । प्रहरीको टोली आइपुगेपछि होटल प्रशासनसँगको समन्वयमा कोठामा छापा मार्दा आकाशकी पत्नी एक जना पुरुषसँग फेला परेको बताइएको छ ।

आकाशकी पत्नी विवाहेत्तर सम्बन्धमा रहेको र प्रेमीसँग होटलमा गएको तथ्य प्रकाशमा आएको हो । विवाद यत्तिकैमा सीमित भएको छैन । आकाशकी पत्नीले त्यसअघि नै आकाशविरुद्ध उत्पीडनको उजुरी दिएकी थिइन् । दाइजोको निहुँमा आफूलाई यातना दिने गरेको भन्दै उनले पति आकाशविरुद्ध उजुरी दिएको बताइन्छ ।

आकाशले आफूमाथि लगाइएको आरोप निराधार भएको बताएका छन् । प्रहरीले दुवै पक्षको बयान लिइसकेको छ । आगामी कारबाहीका लागि लिखित उजुरी आवश्यक रहेको भन्दै प्रहरीले त्यसपछि मात्र के–कस्तो कारबाही हुने भन्ने तय गरिने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖