• Tuesday 6th of October 2026

बडीबिल्डरको संसद् प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं । कुनै बेला स्वास्थ्य ठीक बनाउन जिम जान थालेकी रजनी श्रेष्ठले विस्तारै आफूलाई बडीबिल्डरको उम्दा खेलाडी बनाइन् । उनले अहिलेसम्म राष्ट्रिय स्तर हुँदै दक्षिण एशियाली, एशियाली र विश्व स्तरका प्रतियोगितामा पदक जितिसकेकी छन् ।

तीनै विश्वस्तरका खेलमा सहभागी खेलाडी अब संसद्‍मा पनि देखिनेछिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनी समानुपातिक सांसदको सूचीमा परेकी छन् ।

बडीबिल्डिङमा सामान्यतः पुरुष खेलाडी धेरै हुन्छन् । तर रजनी त्यस्ती पात्र हुन्, जसले नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पदक जितेकी छन् ।

रजनीले सन् २०१७ देखि खेल्न सुरु गरेकी हुन् । त्यो बेला महिलाका लागि कुनै क्याटेगोरीबारे नै उनलाई थाहा थिएन । विस्तारै बुझ्दै गइन् । बडीबिल्डिङमा बडीबिल्डिङ मात्र नभएर अरू विधा पनि हुन्छन् । जस्तै– मोडल फिजिक्स, फिजिक्स, स्विम सुट ।

सुरूमा रजनीले महिला फिजिक्स विधामा सहभागिता जनाएकी थिइन् । सन् २०१७ मा मिस्टर काठमाडौंमा सहभागी भइन् । त्यसमा उनी महिलातर्फ फिजिकमा पहिलो भइन् । त्यसपछि उनी आफैंले राम्रो बडी बनाउन युट्युब हेर्न थालिन् । प्रतियोगितामा भाग लिन भने एक वर्ष ग्याप राखिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖