• Tuesday 6th of October 2026

भेरीमा बेपत्तामध्ये छोरीको शव पनि फेला


  • धनकुटा खबर
  • .

काठमाडौ । भेरी नदीमा हराएकामध्ये ११ वर्षीया आशा कठायतको शव पनि फेला परेको छ।

मंगलबार बिहान खोजी गर्ने क्रममा आशाको शव फेला परेको हो।
सोमबार बेलुकी उनकी ३८ वर्षीया आमा माया कठायतको शव फेला परेको थियो।

अझै ५ वर्षीय छोरा दीपक कठायतको अवस्था अज्ञात छ। उनीहरू सुर्खेतको गुर्भाकोट गाउँपालिका–१२ पिप्लेका हुन्।

मायाका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायत घरमै छन्। श्रीमान्–श्रीमतीका बीचमा घर झगडा भएपछि माया आफ्ना दुई सन्तानसहित जिल्लाकै लेकबेसी नगरपालिका–३ पटारेस्थित काकाको घरमा तीन दिनअघि गएकी थिइन्।

गुर्भाकोट नगरपालिका १२ का वडाध्यक्ष तुल्सीप्रसाद शर्माका अनुसार श्रीमान् भूपेन्द्र शनिबार रिसाएर गएकी श्रीमतिसहित सन्तान लिन काकाको घरमा पुगेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖