• Tuesday 6th of October 2026

आठ हजारले घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत ६। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार बिहीबार प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मुल्य प्रतितोला १ सय १५ रुपैयाँले घट्दै ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ ।

यसअघि नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖