• Tuesday 6th of October 2026

४ जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्ने, सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ छिवाङस्थित सानिभेरी नदीमा बाफिकोट गाउँपालिका–३ गरालागोठ बस्ने पूर्ण बहादुर वलीकी १३ वर्षीया छोरी सपना वली पनि आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

इलामको सूर्योदय नगरपालिका–४ सल्लेरीमा बस्ने, पाँचथर घर भएका ३४ वर्षीय मिलन गोले तामाङ सोही स्थानको नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका–२ हिमालचोकमा बस्ने ३६ वर्षीय अनिल अधिकारी सोही स्थानको नालामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले सोमबार जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖