• Tuesday 6th of October 2026

निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु र्घटनामा मृ त्यु


  • धनकुटा खबर
  • .

काठमाडौ । रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् ।

होटलमा काम गर्नका लागि साथीहरूसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो ।

होटलमा काम गर्ने भन्दै तिलक गाउँकै सन्तोष परियार र कृष्ण परियारको साथमा चैत २ गते हैदरावादतर्फ हिंडेका थिए । तिलक चैत ६ गते गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए ।

गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा चैत ११ गते बिहान तिलकको मृत्यु भएको हैदरावादमा रहेका आफन्तले जानकारी दिए ।

विपन्न आर्थिक अवस्थाका तिलक र सन्तोष निर्वाचन प्रहरीको रुपमा काम गरेर फर्किएपछि हैदरावादतर्फ गएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖