• Wednesday 7th of October 2026

ठमेलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा २० जना विदेशी महिला पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रबाट अनैतिक क्रियाकलाप र अभद्र व्यवहार गर्ने २० जना विदेशी महिला पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरीले उनीहरूलाई ठमेलका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा युगान्डाका महिला रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशीहरू नागरिकहरुसँग अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖