• Tuesday 6th of October 2026

रेस्लर भगवती खड्का पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । पीडित महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले रेस्लर भगवती खड्कालाई पक्राउ गरेको छ ।

रामेछापको मन्थली नगरपालिका–१२ घर भएर शान्तिनगर बस्ने खड्कालाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए ।

खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटमा अश्लील कमेन्ट गरेर सार्वजनिक बेइज्जत गरेको आरोप छ ।

मंगलबार पक्राउ गरेर उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान थालिएको एसपी गिरीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖