• Tuesday 6th of October 2026

बिहानै भत्काइयो फेवाताल किनारका अस्थायी संरचना


  • धनकुटा खबर
  • .

पोखरा । पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा डोजर लगाइएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।

सोही क्रममा सर्वाधिक चासोमा रहेको चर्चित पर्यटन व्यवसायीको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काइएका छन् । बिहान साढे चार बजेदेखि नै प्रहरी परिचालन गरेर भत्काउन थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई फिल्डमा खटाइएको थियो । बिहानैदेखि झण्डै ३० वटा संरचनामा डोजर चलेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । कुनै ठुलो अवरोध नभए पनि केही स्थानीयले सामान्य असहमति जनाएका थिए ।

संरचना भत्काउन मध्यरातमा काठमाडौँबाट निर्देशन आएको थियो । त्यसकै आाधारमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको थियो । मध्यराति नै पोखरा महानगरसँग प्रहरीले समन्वय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖