• Friday 16th of October 2026

ट्रम्पका ज्वाँईलाई `लगानीकर्ता बनाएकाे` भन्दै फिफा सल्लाहकारले दिए राजिनामा


  • धनकुटा खबर
  • .

काठमाडौं, फिफाका अध्यक्ष जियानी इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले फुटबलको सर्वोच्च निकायले आफ्ना विश्वकप र विभिन्न प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने प्रस्ताव ल्याएको भन्दै राजीनामा दिएका छन्।

 

कोर्डेइरोले शुक्रबार घोषणा गरे कि उनी ‘फिफा फरवार्ड इन्टरप्राइज’ नामक नयाँ गठन गरिएको उद्यममा निजी लगानी भित्र्याउने प्रस्तावको विरोध गर्दै तत्काल लागू हुने गरी आफ्नो पदबाट बाहिरिएका हुन । उनले उक्त योजनालाई ‘फुटबलका लागि नराम्रो सम्झौता’ भनेका छन्।

फिफाको योजनाअनुसार ‘एफएफई’ ले विश्वकप र अन्य प्रतियोगिताहरू सञ्चालन गर्न २० अर्ब डलरको सहायक कम्पनी खडा गर्नेछ र यसमा बाह्य लगानीकर्तालाई २० प्रतिशतसम्मको हिस्सेदारी दिइने छ। यसका लागि आवश्यक लगानी ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरले उपलब्ध गराउने छन्।

 

‘म स्पष्ट पार्न चाहन्छु, यो प्रस्तावमा मेरो कुनै संलग्नता थिएन र म यसको दृढतापूर्वक विरोध गर्दछु,’ कोर्डेइरोले एक विज्ञप्तिमा भने, ‘यो फिफाका सदस्य संघहरूका लागि, फुटबलका लागि र खेलको दीर्घकालीन भविष्यका लागि एउटा नराम्रो सम्झौता हो।’

 

कोर्डेइरोले अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने सन् २०२६ को विश्वकपका लागि ह्वाइट हाउसको कार्यदलमा फुटबलको विश्वव्यापी प्रशासकीय निकायको प्रतिनिधित्व गरेका थिए। पूर्व बैंकर तथा युएस सकर फेडेरेसनका पूर्व उपाध्यक्ष कोर्डेइरोलाई फिफाका लागि विश्व फुटबलको विकासमा सघाउन विशेष रूपमा चयन गरिएको थियो।

 

आफ्नो विज्ञप्तिमा कोर्डेइरोले प्रश्न उठाएका छन् कि अर्बौं डलरको सञ्चिति भएको र कुनै ऋण नभएको अवस्थामा फिफाले आफ्नो ‘सबैभन्दा मूल्यवान सम्पत्ति’ को केही हिस्सा बेचेर ४.२ अर्ब डलर जुटाउनेबारे किन विचार गरिरहेको छ ?  

 

उनको राजीनामा यस्तो समयमा आएको छ, जब फिफाका २११ सदस्य संघहरूमाथि १९ सेप्टेम्बरसम्म उक्त विवादास्पद प्रस्तावबारे निर्णय लिनुपर्ने दबाब छ । साथै, इन्फान्टिनोले यदि उनीहरूले यसलाई स्वीकार गरेनन् भने ‘जोखिम हुने’ बताएको बेला यो राजिनामा आएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖