• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

गायिका समिक्षा अधिकारीलाई ५ सय पटक फोन गरेर दुःख दिने को हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ भदौं । गायिका समिक्षा अधिकारीले आफु माथी निरन्तर ब्लफ कल आएको दावी गरेका छन ।

 

बिगत एक बर्ष देखी रमेश शाही भन्ने एउटै ब्यक्तिले फरक फरक नम्बरवाट ५ सय भन्दा बढी पटक ब्लफ कल गरेको जनाएकी हुन । 

‘करिब डेढ वर्षदेखि एउटै व्यक्तिले पटक–पटक फरक–फरक नम्बरबाट मलाई फोन गरिरहनुभएको छ। फोन उठाउँदा “म रमेश शाही” भन्नुहुन्छ, तर “के कामले फोन गर्नुभएको ?” भनेर सोध्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न। एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ। डेढ वर्षसम्म लगातार यस्तो भइरहेपछि आज यो कुरा सार्वजनिक रूपमा लेख्नुपर्ने बाध्यता भयो,’ उनले लेखेकी छिन, ‘डेढ वर्षको अवधिमा अहिलेसम्म करिब ५०० वटा फरक–फरक नम्बरबाट आएका कल ब्लक गरिसकेँ होला। अझै पनि उहाँले अरू व्यक्तिहरूको मोबाइल नम्बर प्रयोग गरेर मलाई फोन गरिरहनु भएको छ। एउटा नम्बर ब्लक गरेपछि फेरि अर्को नम्बरबाट फोन आउने क्रम रोकिएको छैन।’

 

उनको आग्रह छ, ‘कृपया मेरो नम्बर कसैले माग्दैमा बिना कारण र बिना सोचविचार अरूलाई नदिनु होला। उहाँले मेरो नम्बर किन र के कामका लागि माग्नुभएको हो, एकपटक बुझेर मात्र दिनुहोला। साथै, उहाँलाई आफ्नो मोबाइल नम्बर दिने सबैजनाले पनि कृपया सोचेर र बुझेर मात्र आफ्नो नम्बर उपलब्ध गराइ दिनुहोला।’

 

 

उनका अनुसार फेसबुकमा लेखेकी छिन, ‘यो पोस्ट कसैलाई अनावश्यक रूपमा आरोप लगाउनका लागि होइन, तर लामो समयदेखि भइरहेको यस्तो व्यवहार रोकियोस् भन्ने उद्देश्यले लेखेकी हुँ। सबैले यस विषयलाई गम्भीर रूपमा बुझिदिनु होला।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖