• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बुढीगण्डकीमा बाढी : सोती बजारको पुल र टहरा बगायो, उद्धारका लागि हेलिकोप्टर परिचालन


  • धनकुटा खबर
  • .

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। बाढी आइतबार बिहान ७ः३० बजे सोती बजार पुगेको थियो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढीले सोती बजारमा रहेको पुल र केही टहरा बगाएको छ।

त्यस्तै, धार्चे गाउँपालिकाको दोभानस्थित बेलिब्रिजसमेत बाढीले बगाएको छ। गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङका अनुसार बाढीले दोभानको पुल, केरौँजा जाने पुल र केही बस्तीका घरहरूसमेत बगाएको छ।

गोरखाका विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएपछि उद्धार कार्यका लागि हेलिकोप्टर परिचालन गरिएको छ।

बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖