• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसले बिग्रेको खुलामञ्च आफ्नै खर्चमा ४५ दिनभित्र बनाइसक्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा बिग्रेको खुलामञ्चको संरचना आफ्नै खर्चमा ४५ दिनभित्र मर्मत गर्ने भएको छ।

महाधिवेशन आयोजना गर्दा बिग्रिएको खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन कांग्रेसले नयाँ दुबो रोप्ने र आवश्यक मर्मतसम्भार गर्ने सम्झौता गरेको हो।

सम्झौताअनुसार ४५ दिनभित्र खुलामञ्चलाई हराभरा बनाइनेछ। सुरुका १५ दिनमा दुबो रोप्ने र बाँकी ३० दिन त्यसको स्याहार, सिँचाइ तथा संरक्षण गरिनेछ।

काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्च पुन:स्थापनाको जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई दिइएको छ। यस कार्यमा लाग्ने सम्पूर्ण खर्च कांग्रेसले नै बेहोर्नेछ। 

सम्झौतामा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र संस्थाका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको रोहवरमा सम्झौता भएको हो।

काम सम्पन्न भएपछि महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्चलाई व्यवस्थित अवस्थामा हस्तान्तरण गरिने जनाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖