काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार रुस प्रस्थान गरेका छन् ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी रुस गएका हुन् ।
प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस प्रस्थान गरेका छन् । सम्मेलनमा ६० भन्दा बढी देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।
