• Friday 13th of November 2026
  • ट्रेण्डिङ :

लगातार दुई दिन सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं। सरकारले छठ पर्वको अवसरमा आगामी कात्तिक ३० गते सोमबारका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले बिहीबार (कात्तिक २७ गते) एक सूचना जारी गर्दै कात्तिक २९ गते आइतबार मुख्य छठ पर्वको बिदा यथावत् रहेको र त्यसको भोलिपल्ट सोमबारसमेत सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा छठ पर्वको अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत समापन गर्ने परम्परा रहेकाले कात्तिक ३० गते पनि बिदा दिइएको उल्लेख छ।

सरकारको यो निर्णयसँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖