चितवन । भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार बिहान ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको विद्युतीय कारले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्याइएकोमा चिकित्सकले बिहान ९ः५४ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अन्य दुई जना पैदलयात्री सामान्य घाइते भएका छन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनापछि प्रहरीले कार र चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
