• Saturday 14th of November 2026
  • ट्रेण्डिङ :

तीन किलो थाई गाँजा सहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरोका अनुसार थाई एयरवेजको उडान नम्बर TG 319 मार्फत नेपाल आएका २५ वर्षीय भारतीय नागरिक सुबोध कुमारलाई बुधबार लागू औषधसहित पक्राउ गरिएको हो ।

विमानस्थलमा यात्रुहरूको आपराधिक गतिविधिसम्बन्धी प्रोफाइलिङ गर्ने क्रममा उनको साथबाट तीन किलो थाई गाँजा, एक थान पासपोर्ट र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖