मकवानपुर । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनापछि भिरमा खोजतलास गर्ने क्रममा १४ महिनाका बालक सुदीप यादव जीवित फेला परेका छन् ।
सुरक्षाकर्मीले बिहान ९ः४० बजे भिरमा खोजतलास गर्ने क्रममा सुदीपलाई जीवित अवस्थामा फेला पारेका हुन् । उनलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । थप उपचारका लागि उनलाई काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ ।
उक्त दुर्घटनामा सुदीपकी आमा पुनम यादव, तीन दिदी अनु, दीक्षा र दीपिका तथा दुई काकाको मृत्यु भएको छ ।
एउटै दुर्घटनामा आमासहित परिवारका पाँच सदस्य गुमाएका १४ महिने सुदीपको जीवित उद्धारले घटनालाई थप हृदयविदारक बनाएको छ ।
