• Friday 13th of November 2026
  • ट्रेण्डिङ :

कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३ को कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा परेको छ।

विभिन्न चाडपर्व तथा सरकारले थप गरेको बिदासमेत जोड्दा कात्तिक महिनामा सार्वजनिक बिदाको सङ्ख्या १९ पुगेको हो। सरकारले कात्तिक ३० गते सोमबार थप सार्वजनिक बिदा दिने निर्णय गरेपछि बिदाको सङ्ख्या १९ पुगेको हो। दसैं, तिहारलगायतका प्रमुख चाडपर्व यही महिनामा परेकाले सार्वजनिक बिदाको सङ्ख्या बढी देखिएको हो।

एकै महिनामा १९ दिन सार्वजनिक बिदा पर्दा सरकारी तथा गैरसरकारी कार्यालयका नियमित कामकाज प्रभावित हुने देखिएको छ। यद्यपि, लामो बिदाका कारण सर्वसाधारणलाई चाडपर्व मनाउन, पारिवारिक भेटघाट गर्न तथा घुमघामका लागि भने पर्याप्त समय मिलेको छ।

यस आधारमा कात्तिक महिनामा ११ दिन मात्रै सरकारी कार्यालय खुलेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖