• Friday 13th of November 2026
  • ट्रेण्डिङ :

सरकारको गतिविधि नसच्चिए भदौ २४ कै अवस्था आउन सक्छ : सहमहामन्त्री शिवाकोटी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरू कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्यका निकाय, संवैधानिक अंग, सञ्चारमाध्यम र कर्मचारीतन्त्रमाथि हस्तक्षेप बढेको दाबी गरे । कर्मचारीहरू त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य भएको उनको भनाइ थियो ।

शिवाकोटीले सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच समन्वयको अभाव रहेको आरोपसमेत लगाए । सरकारका कामकारबाहीमाथि उठेका प्रश्नबाट जनताको ध्यान मोड्न प्रचार अभियान चलाइएको उनको दाबी थियो ।

कांग्रेसले सरकारका कामको गुण–दोषका आधारमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउँदै उनले सरकारलाई कार्यशैली सुधार्न आग्रह गरे ।

अन्यथा गत भदौ २४ गतेको जस्तै परिस्थिति दोहोरिन सक्ने चेतावनी दिँदै उनले सरकारका नेतृत्वकर्ताहरूले हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरे । जेनजी आन्दोलनपछि पनि देशको अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै उनले सरकारलाई जनअसन्तुष्टिप्रति सचेत रहन आग्रह गरे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖