• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

केपी ओलीको सरकार रहिरहे जनताले धेरै दुःख पाउँछन्, अदालतले मलाई न्याय दिन्छ : रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

जिल्ला अदालत कास्कीमा म्याद थपको लागि प्रहरीले लैजाने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले आफूलाई न्यायालयप्रति पूरा विश्वास रहेको बताएका हुन् । उनले आफू अनुसन्धानलाई सघाउनको लागि नै आएको बताए ।

उनको संक्षिप्त प्रतिक्रिया थियो,‘सम्मानित अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् ।

यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖