• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेले नै सरकारको निर्णयबारे प्रश्न गरेपछि बालेनले दिए जबाफ


  • धनकुटा खबर
  • .

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने पार्टी नेतृत्वको सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले यसप्रति समेत लक्षित गर्दै जबाफ दिएका छन् ।

सभापति लामिछानेले बिहीबार आईजीपी हटाउने निर्णयको सरकारले औचित्य पुष्टि गर्ला भन्दै प्रतिक्रिया दिएका थिए । रास्वपाका अन्य नेताले पनि उक्त निर्णयबारे पार्टीसँग सरकारले छलफल नगरेको भन्दै प्रश्न उठाएका थिए ।

त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जबाफसहित टिप्पणी गरेका हुन्। उनले सरकारको निर्णयबारे प्रश्न उठाइएपनि आफू नेतृत्वको सरकार देश जोगाउनतर्फ लागेकाले पार्टीले पनि आस गरेको आशयसहितको टिप्पणी गरेका हुन्।

तर रास्वपाबाहेकका दलमा भने कार्यकर्ता लड्ने र नेता हाँसेर बस्ने परिपाटी रहेको प्रधानमन्त्रीको टिप्पणी छ ।

उनले लेखेका छन्,‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖