• Wednesday 7th of October 2026

अर्जुन कपूरले ब्रेकअप भएको स्वीकार गरेपछि यसो भन्छिन् मलाइका


  • धनकुटा खबर
  • .

यतिबेला बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोरा ब्रेकअपको खबरलाई लिएर चर्चामा छन्।

उनीहरूले सन् २०१८ मा एक अर्कालाई डेट गर्न सुरू गरेका थिए। तर ६ वर्षपछि उनीहरू अलग भए। हालै अर्जुन कपूरले आफ्नो ब्रेकअपको खबर पुष्टि गरेका छन्।

सोमबार मुम्बईको शिवाजी पार्कमा राज ठाकरेको दिवाली पार्टीमा उनले आफू अब सिंगल रहेको बताएका हुन्। ‘अहिले सिंगल छु, रिलेक्स,’ उनले भनेका थिए। अब मलाइकाले सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छन्।

‘एक सेकेन्डको लागि दिल छुनु कसैको आत्मालाई जीवन भर छुनु हो,’ उनले लेखेका छन्।

अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरू भएको हो। जब उनीहरू एकसाथ एक फेसन शोमा देखिए।

मलाइकाको ४५ औं जन्मदिनमा उनीहरूले सम्बन्धलाई पुष्टि गरेका थिए। त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाले। ‘कफि विथ करण’ मा अर्जुनले आफ्नो प्रेम जीवनलाई अलग स्तरमा लैजाने योजना भइरहेको बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖